प्रिमियर लिगकै महँगा खलाडीका रुपमा लिभरपुल आए विर्ट्ज

21 Jun, 2025
Share:
117 Shares

प्रियिमर लिग क्लब लिभरपुलले कीर्तिमानी रकमा जर्मन युवा विंगर फ्लोरियल विर्ट्जलाई अनुबन्धन गरेको छ।

लिभपुलले २२ वर्षीय विर्ट्जलाई जर्मन क्लब बायर लेभरकुसनबाट १२५ मिलियन युरोमा अनुबन्धन गरेको हो। योसँगै उनी प्रिमियर लिगकै सबैभन्दा महँगा खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान चेल्सीका इन्जो फर्नान्डेसको नामा थियो। उनी बेन्फिकाबाट १२१ मिलिनय युरोमा चेल्सी आएका थिए।

यसअघि नै लिभरपुल आउने तय भइसकेपनि उनी शुक्रबारबाट औपचारिक रुपमा लिभरपुलका खेलाडी बनेका छन्। जर्मन मिडफिल्डर विर्ट्जले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

विर्ट्जले लेभरकुजेनमा १९७ खेल खेल्दै ५७ गोल र ६५ असिस्ट गरेका छन्। अघिल्लो सिजन लेभरकुसनलाई बुन्डेस लिगा उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण थियो। यो सिजन सिजन उनले ४५ खेलमा १६ गोल र १५ असिस्ट गरेरका छन्।

प्रशिक्षक अर्ने स्लटले टिमको मिडफिल्ड र आक्रमण थप बलियो बनाउन विर्ट्जलाई भित्र्याएका हुन्। यसअघि नै लिभरपुलले उनकै टिममेट जेरेमी फ्रिम्पोङलाई पनि अनुबन्धन गरेको थियो।

उनलाई भित्र्याउन बायर्न म्युनिख र म्यानचेस्टर सिटीले पनि चासो देखाएका थिए। तर, विर्ट्जले एन्डफिल्ड क्लबलाई रोजेका हुन्। विर्ट्ज जुलाईमा सुरु हुने प्रिसिजन टुरबाट टोलीमा सामेल हुनेछन् ।