क्लब फुटबलफुटबल

मेलबर्नमा नेपालीहरुबीच सियरा कप फुटबल हुने

अस्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायबीच फुटबल प्रतियोगिता हुने भएको छ। एभरेस्ट युनाइटेड क्लबले सेप्टेम्बर २३ र २४ मा नेपालीहरुबीच सियरा कप आयोजना गर्ने भएको छ।

पछिल्लो समयमा बढिरहेको नेपाली फुटबल डायस्पोरालाई यहाँको स्थानीय फुटबलको दुनियाँमा अझ अवसरको सिर्जना गर्ने उद्देश्यसाथ प्रतियोगिता गर्न लागेको आयोजक संस्थाका सदस्य राजन मास्केले बताए ।

तीन समूहमा गर्न लागिएको प्रतियोगितामा खुला, ३५ वर्षमाथि र ९–१३ वर्षका खेलाडीको विधामा प्रतिस्पर्धा हुनेछ । मेलबर्नका नेपाली समुदायका साथै अन्य समुदायसमेत गरी १९ टिमले भाग लिनेछन् ।

विजेतालाई ५ हजार अस्ट्रेलियन डलरसहित सिल्ड प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितालाई रोमाञ्चक बनाउन फुटबलसहित विभिन्न गतिविधिसमेत गरिने जनाइएको छ।

प्रतियोगितामा मेलबर्नमा रहेका एभरेस्ट युनाइटेड, इस्टर्न वारियर्स, हिमाल ब्वाइज, यति युनाइटेड, अलमान्डा, हिमालयन, रोयल वेस्टर्न, क्रेगिबन ब्रिगेडलगायतका फुटबल क्लबको सहभागिता रहने मास्केले बताए । प्रतियोगितालाई सियरा होम्सले प्रायोजन गरेको छ।

नेपाली राष्ट्रिय फुटबल टिम अधिकांश खेलाडीहरू अस्ट्रेलिया पलायन भएकाले यो प्रतियोगिता प्रतिस्पर्धात्मक र रामोञ्चक हुने विश्वास छ।