सामग्रीमा जानुहोस्
आइतबार, मंसिर १३, २०८३

मेसीको इन्टर मियामी एमएलएस प्लेअफबाट बाहिरियो

इन्टर मियामी एमएलएस प्लेअफबाट बाहिरिएको छ। आज राति भएको दोस्रो खेलमा कोलम्बस क्रुले अन्तिम मिनेटमा १–० को जित निकाल्दै मियामीलाई प्रतियोगिताबाट बाहिर पठाएको हो।

खेल गोलरहित बराबरीमा सकिएको भए नतिजाको टुङ्गो पेनाल्टी सुटआउटबाट लाग्ने थियो। तर खेलको अन्तिम समयमा सान्टियागो रोड्रिगेजले निर्णायक गोल गरेपछि कोलम्बस क्रुले जित सुनिश्चित गर्‍यो।

यससँगै तीन खेलको शृङ्खलामा लगातार दुई जित निकाल्दै कोलम्बस क्रुले पहिलो चरण पार गरेको छ। एमएलएस प्लेअफको पहिलो चरणमा लागू हुने ‘बेस्ट अफ थ्री’ नियमअनुसार दुई जित हासिल गरेपछि तेस्रो खेल खेल्नुपर्ने हुँदैन।

अब कोलम्बस क्रुले डिसेम्बरको सुरुवातमा हुने पूर्वी सम्मेलनको सेमिफाइनलमा न्यु इङ्ल्यान्ड रिभोलुसन र फिलाडेल्फिया युनियनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यस हारसँगै इन्टर मियामीको सन् २०२६ को सिजन समाप्त भएको छ। अब टोली सन् २०२७ मा मात्रै मैदानमा फर्किनेछ। लियोनल मेस्सीले पनि यस वर्ष थप खेल खेल्ने छैनन्। उनी सन् २०२७ को सुरुवातमा पुनः मैदानमा फर्किने अपेक्षा गरिएको छ।

मेस्सी क्लबमा आबद्ध भएको तीन वर्षयता इन्टर मियामी दोस्रो पटक एमएलएस प्लेअफबाट बाहिरिएको हो।

सेयर गर्नुहोस्

1.3KShares