इन्टरले नापोलीलाई हरायो, एट्लान्टको पुनरागमन जित

इटालियन सिरी एमा दास्रो स्थानको इन्टर मिलान विजयी भएको छ । मंगलबार राति भएको खेलमा इन्टर मिलानले नापोलीमाथि २–०को जित निकाल्यो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन डानिलो डि एम्ब्रिसो र लाउटारो मार्टिनेजले गोल गरे । ११औं मिनेटमा डि’एम्ब्रिसोको गोलमा इन्टरले सुरुवाती अग्रता लियो । पहिलो हाफ १–०मै सकियो । ७४औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । त्यसपछि कुनै गोल नहुँदा इन्टर विजयी भयो ।

इन्टरसँगको हार नापोलीलाई भने महाँगो सवित भएको छ । नापोली युरोपा लिगमा सीधै छनोट हुन सक्ने छैन। यस्तै युरोपा लिग छनोटमा पुग्न पनि अन्तिम खेल जित्नुपर्नेछ भने एसी मिलानको खेलको नतिजा कुर्नुपर्नेछ । इन्टर मिलान भने च्याम्पियन्स लिगमा छनोट भइसकेको छ ।

यसैगरी मंगलबार राति नै भएको अर्को खेलमा एट्लान्टाले पनरागमन जित हात पारेको छ । एटलान्टाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पार्मालाई २–१ ले पराजित गरेको छ ।

४३औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै पार्मालाई पहिले अग्रता दिलाएका थिए । तर, एटलान्टाले दोस्रो हाफमा दुई गोल फर्कायो । ७०औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले एटलन्टाका लागि बराबरी गोल फर्काए । ८४औं मिनेटमा एलेजान्द्रो गोमेजले गोल गर्दै एटलान्टालाई जित दिलाएका हुन् ।

जितपछि इन्टरले ३७ खेलबाट ८९ अंक जोडेको छ भने नापोलीको समान खेलबाट ५९ अंक छ । यस्तै एटलान्टाले ३७ खेलबाट ७८ अंक जोडेको छ भने पार्मा ४६ अंकसहित ११औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP