लोपेटगुई बने वेस्टहमको प्रशिक्षक

24 May, 2024

जुलेन लोपेटेगुई इंग्लिस क्लब वेष्टह्यामको प्रशिक्षक बनेका छन्। सिजनको अन्त्यसँगै क्लब डेभिड मोएजको क्लब छाडेपछि वेस्टहमले लोपेटगुईलाई प्रशिक्षक बनाएको हो।

५७ वर्षीय स्पेनिस प्रशिक्षक लोपेटेगुईले २ वर्षे सम्झौता गरेका छन्, जसमा एक वर्ष कार्यकाल थप गर्नसक्ने विकल्प पनि छ।

अगष्टमा अर्को इंग्लिस क्लब वुल्भ्स छाडेपछि उनी क्लबबिहीन थिए। रहेका उनले महिनाको सुरुमा वेष्टह्यामसँग सहमति गरेका थिए ।

मोएज डिसेम्बर २०१९ मा दोस्रो पटक वेष्टह्यामको प्रशिक्षक भएका थिए। उनले २०२३ मा क्लबलाई युरोपा कन्फ्रेन्स कपको उपाधि दिलाए।

स्पेन तथा रियल मड्रिडका पूर्व प्रशिक्षक रहेका लोपेटेगुईले २०२० मा सेभियालाई युरोपा लिग जिताएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]