इन्टरलाई हराउँदै युभेन्ट्स कोपा इटालियाको फाइलनमा

इन्टर मिलानलाई पराजित गर्दै युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो खेलमा इन्टरसँग गोलरहित बराबरी खेलेपनि समग्रमा २–१को जित निकाल्दै युभेन्ट्स फाइनलमा प्रवेश गरेको हो।

सेमिफाइलनको पहिलो लेगमा युभन्ट्स २–१ले विजयी भएको थियो । युभेन्ट्स लगातार दोस्रो सिजन कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि युभेन्ट्सले नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ ।

दुई टोलिबीचको दोस्रो लेग बुधबार राति हुनेछ । पहिलो लेगमा नापोली र एटलान्टाले गोलरहित बराबरी खेलेका थिए ।

गत सिजन युभेन्ट्स नापोलीसँग फाइनलमा पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । कोपा इटालियाको फाइनल मे १९ मा हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.