इपिएलमा दुई हारपछि युनाइटेडको जित

14 Sep, 2024

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। नेपाली समयअनुसार शनिबार साँझ भएको खेलमा युनाइटेडले साउथ ह्याम्पटनमाथि ३–०को जित निकालेको हो।

यो युनाइटेडको २ खेलपछि पहिलो जित हो। पहिलो खेलमा फुलहमलाई हाराएको युनाइटेड त्यसपछि लगातार दुई खेलमा ब्राइटन र लिभरपुलसँग पराजित भएको थियो।

युनाइटेडलाई जित दिलाउन म्याथिस डि लिग्ट, मार्कस रास्फोर्ड र अलेहान्द्रो गर्नाचोले गोल गरे। युनाइटेडले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

३५औं मिनेटमा डि लिग्टको गोलमा युनाइटेडले अग्रता लियो। उनले कप्तान ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए। त्यसअघि ३३औं मिनेटमा साथउह्याम्पटनले गोलको अवसर गुमाएको थियो। प्राप्प पेनाल्टीमा उसका क्यामेरोन आर्चर गोल गर्न चुकेका थिए।

यस्तै, ४१औं मिनेटमा डियालोले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। उनले अमाद डियालोको पासमा गोल गरेका थिए। ७९औं मिनेटमा ज्याक स्टेफन्सले रातो कार्ड पाएपछि साउथह्याम्प्टन १० खेलाडीमा समेटियो।

त्यसपछि इन्जुरी समयको छैठौं मिनेटमा डिएगो डालोटको पासमा गर्नान्चोले गोल गरेपछि युनाइटेड ३–०ले विजयी भयो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]