क्लब फुटबलफुटबल

एम्बाप्पेमाथि रियलको नजर, पिएसजी बेच्न तयार

करिम बेन्जिमा, मार्को असेन्सियो, इडेन हाजार्डजस्ता खेलाडीले क्लब छाडेपछि स्पेसिन जाइन्ट रियल मड्रिड यो समर ट्रान्सफर विन्डोमा निकै बिजी हुने देखिएको छ।

रियलले मिडफिल्डर जुड बेलिङघम र डिफेन्डर फरान गार्सियासलाई अनुबन्धन गरिकसेको छ। रियलले १९ वर्षीय बेलिङघमका लागि ११३ मिलियन युरो खर्चिएको छ।

अब रियल सेन्ट्रल स्ट्राइकरको खोजीमा त्यसका लागि उसले इंग्लिस स्ट्राइकर ह्यारी केनलाई पहिलो रोजाईमा राखेको छ भने चेल्सीका काइ हाभर्ट्ज, इन्टर मिलानका लाउटारो मार्टिनेज, इस्यानियोलका जोसेलु पनि लिस्टमा छन्।

उनीहरुसँगै रियलको मुख्य नजर भने फ्रेन्च विंगर किलियन एम्बाप्पेमा छ। पिएसजीसँग एम्बाप्पेको सम्झौता अझै १ वर्ष बाँकी छ। रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज अर्को समरमा एम्बाप्पेलाई फ्रि टान्सफरमा भित्र्याउने योजनामा थिए।

तर, पिएसजी एबाप्पेलाई अहिलाई यही समर मै बेच्न तयार भएपछि पेरेज एम्बाप्पेलाई भित्र्याउने प्रयासमा लागेका छन्। पिएसजी एम्बाप्पेसँगको सम्झौता नवीकरण गर्न चाहन्थ्यो, तर एम्बाप्पे त्यसका लागि तयार नभएपछि पिएसजी एम्बाप्पेलाई अर्को सिजन फ्रि टान्सरमा छोड्नुभन्दा अहिलै नै बेच्न चाहिरहेको छ।

२४ वर्षीय एम्बाप्पे पहिलोदेखिनै रियल आउन चाहन्थे, अघिल्लो समरमा फ्रि टान्सफरमा एम्बाप्पे रियल आउने पक्का भएको थियो । तर, फ्रेन्च राष्ट्रपतिकै पहलमा एम्बाप्पले अन्तिम समयमा पिएसजीसँग सम्झौता नवीकरण गरेका थिए।

लेफ्ट विंग्समा खेल्ने एम्बाप्पे पिएसजी आएर उनले यो सेन्ट्रल स्ट्राइकरका रुपमा खेल्नुपर्ने छ। रियलमा लेफ्ट विंग्समा भिनिसियस जुनियर छन्।

सन् २०१७ मा मोनाकोबाट पिएसजी आएका एम्बाप्पेले २६० खेलमा २१२ गोल गरिसकेका छन् । एमबाप्पे पछिल्लो पाँच सिजनदेखि लिग वानको सर्वाधिक गोलकर्ता हुन्।