सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

लाओसमाथि नेपाली चेलीकाे गोलकाे वर्षा, साम्बाले गरिन् ह्याट्रिकसहित ४ गोल

एएफसी महिला एसियन कप छनोटमा नेपालले सानदार सुरुआत गरेको छ। उज्वेकिस्तानमा आजबाट सुरु भएको छनोटको समूह एफको खेलमा नेपालले लाओसमाथि ९–०को एकपक्षीय जित निकाल्दै प्रतियोगितामा सानदार सुरुआत गरेको हो।

यो जितसँगै नेपाली महिला टिमले १००औं अन्तर्राष्ट्रिय खेललाई ऐतिासिक बनाएको छ।

यो जित सावित्रा भण्डारी ‘साम्बा’का लागि पनि विशेष रह्यो। यही खेलमार्फत उनले नेपाली टिमको नयाँ कप्तानको जिम्मेवारी पाएकी थिइन्। जसमा उनले ह्याट्रिकसहित ४ गोल गरिन्।

खेलामा नेपालका लागि सावित्रासँगै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमारी घिसिङले पनि गोल गरे। एक गोल आत्मघाती भएको थियो।

1.3Kशेयर