नेपाली क्लबले पाएनन् एएफसीको लाइसेन्स, यो वर्ष एएफसीको प्रतियोतिगामा नेपाली क्लब नहुने

20 Jun, 2025
Share:
117 Shares

यो वर्ष कुनैपनि नेपाली क्लब एएफसीको क्लब लाइसेन्स पाउन असफल भएका छन्। अघिल्लो वर्ष ए लिग च्याम्पियन चर्च बोइजले लाइसेन्स पाउँदै एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेलेको थियो।

तर, एएफसीले सार्वजनिक गरेको क्लब लाइसेन्स पाउने क्लबको सूचीमा नेपालका कुनै पनि समावेश छैन। यो सूचीमा नेपालसहित श्रीलंका र पाकिस्तान पनि छ।

ए डिभिनिज लिग लामो सयमदेखि हुन नसकेकाले पनि नेपाली क्लबले क्लब लाइसेन्स पाउन नसेका हुन्। पछिल्लो केही वर्षमा नेपाली ए डिभिजन क्लबहरूले मोफसलका नकआउट प्रतियोतिगाहरु मात्र खेलिरहेका छन्।

यो वर्ष भने एएफसीको तेस्रो श्रेणीको यो क्लब प्रतियोगिता एएफसी च्यालेन्ज लिगमा नेपाली क्लब हुने छैनन्।

एएफसीको क्लब लाइसेन्स पाउने क्लबको सूचीमा दक्षिण एसियामा भुटानका ४ क्लबले समावेश हुँदा बंगलादेशबाट २ र माल्दिभ्सबाट एक क्लब क्लब लाइसेन्स पाएका छन्। भारतबाट सर्वाधिक ८ क्लबले क्लब लाइसेन्स प्राप्त गरेका छन् ।