फिफा विश्वकप नेपाल र युएईबीचको खेल साउदीमा हुने

29 May, 2024

फिफा विश्वकपको छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ।

यो खेल नेपालले दशरथ रंगशालाम खेल्ने तय थियो। तर, मैदानको अवस्था खराब भएपछि एएफसीले खेल दशरथ रंगशालामा गराउन नसक्ने जनाएको थियो। पिचको कन्डिसन, फ्लड लाइटको अवस्थामा र सुरक्षाको विषयमा प्रश्न उठाउँदै एएफसीले खेल सारेको हो।

खेल आगामी जेठ २४ गते हुनेछ। खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा राति ९ः४५ बजे खेल सुरु हुन अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

यसअघि पनि नेपालले मैदान खेल्न योग्य नहुँदा बहराइनसँगको खेल उसकै मैदानमा खेलेको थियो।

युएईविरुद्धको खेलका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ। बेलायतमा मैत्रीपूर्ण खेल खेलेर फर्किएपछि मुख्य प्रशिक्षक भिन्सेन्जाे अल्बर्टाे एनेसले बन्द प्रशिक्षण सुरू गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]