महिला एसियन कप छनोटमा नेपालले आज लाओससँग खेल्दै

29 Jun, 2025
Share:
117 Shares

एसिसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफका खेलहरु आजबाट उज्वेकिस्तानमा सुरु सुरु हुँदेछ।

नेपाली राष्ट्रिय महिला फुटबल आज प्रतियोतिगाको पहिलो खेलमा लाओससँग खेल्दै छ। खेल उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा साँझ सवा ६ बजे सुरु हुनेछ।

एसियन कपमा पुग्न र नेपाली महिला टिमको १०० औं अन्तर्राष्ट्रिय खेल भएकाले यो खेल नेपालका लागि महत्वपूर्ण छ। त्यो यो खेल जित्दै नेपाली टिम १००औं अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउन चाहन्छ।

पुरुष फुटबलमा नेपाल र लाओस पहिल्लो समयमा भेट भइरहेपनि महिला फुटबलमा भने यसअघि कुनै खेल भएको थिएन । त्यसैले दुवै टिमका लागि नौलो प्रतिद्वन्दी हुनेछ ।

नवनियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डका लागि पनि यो नेपाली राष्ट्रिय महिला टिममा डेब्यू खेल हुनेछ। अन्तर्राष्ट्रिय स्तरमा दुई दशकको अनुभव भइसकेपनि उनले पूर्ण रुपमा कुनै पनि राष्ट्रिय टिमको सिनियर टिमको प्रशिक्षण सम्हालेको यो पहिलो पटक हो।

नेपाली टिमले नयाँ कप्तान पाउने सम्भावना पनि छ। यसअघि गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपालको कप्तानी गर्दै आए पनि यो पटक कप्तान घोषणा गरिएको छैन । प्रशिक्षक वाइल्डले अन्तिम समयमा कप्तान रोज्ने बताएका थिए।

समूह एफमा रहेको नेपालले दोस्रो खेल असार १८ गते श्रीलंकासँग खेल्नेछ। समूह चरणको अन्तिम खेल भने असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग हुनेछ।

८ समूहमा रहेका ३४ टोली मध्येबाट १२ टोलीले एसियन कपको मुख्य प्रतियोगितामा सहभागीता जनाउनेछन्।