ब्राजिल डर्बीमा जित निकाल्दै पाल्मेइरस क्वार्टरफाइनलमा

29 Jun, 2025
Share:
117 Shares

ब्राजिलिय क्लब पाल्मेइरस अमेरिकामा जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको ‘ब्राजिल डर्बी’ भीडन्तमा बोटाफोगोलाई १–०ले हराउँदै पाल्मेइरस अन्तिम ८मा पुगेको हो।

पाइल्मेइसको जितको पाउलिन्होले निर्णायाक गोल गरे। उनले खेलको १००औं मिनेटमा गोल गरेका थिए।

निर्धारित समय बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थप गरिएको थियो। थप गरिएको समयको १०औं मिनृटमा पाउलिन्होले गोल गरेका हुन्।

खेलमा पछि परेपछि बोटाफोगोले पाल्मेइरसमाथि दबाब बनाएको थियो। उसले गोलका थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन।

११६औं मिनेटमा पाल्मेइरस १० खेलाडीमा समेटिएपछि दबाबमा आएको थियो। उसका कप्तान गुस्ताभो गोमेजले दोस्रो पहेँलो कार्ड पाएका थिए।