युरोकपमा कीर्तिमान बनाउँदै रोनाल्डो, यस्ताे छ पाेर्चुगिच टिम

22 May, 2024

क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी रूपमा छैटौँपटक युरो २०२४ खेल्दै छन्।

अर्को महिना जर्मनीमा हुने युरो २०२४ फुटबल प्रतियोगिताका लागि मंगलबार पोर्चुगलले रोनाल्डोको कप्तानीमा टोली घोषणा गरेको हो। सन् २००४ मा उनले युरोकपमा डेब्यु गरेका थिए। लगातार ६ पटक युरोपियन च्याम्पियनसिप खेल्ने उनी पोर्चुगलका एक्ला खेलाडी हुन्।

डेब्यु युरोकपमा उनी उपविजेता बन्दा पोर्चुगल ग्रिससँग फाइनलमा पराजित भएको थियो। साउदी अरेबिया प्रो लिगमा आबद्ध रोनाल्डोको यो समग्रमा ११ प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। ३

९ वर्षीय रोनाल्डोको नाममा दुईवटा विश्व कीर्तिमान रहेको छ। उनी राष्ट्रिय टोलीबाट धेरै खेल्नेसँगै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तासमेत हुन्  उनले अहिलेसम्म १२८ अन्तर्राष्ट्रिय गोल गरेका छन्। प्रशिक्षक रोवर्टो मार्टिनेजले २६ जना खेलाडी घोषणा गर्दा सात स्ट्राइकर समावेश गरेका छन्।

करिअरको उत्तराद्र्ध समय बिताइरहेका रोनाल्डोलाई फिटनेसका कारण समावेश गरेको प्रशिक्षक मार्टिनेजले बताए। ‘फिनिसिङमा अनुभवी खेलाडी आवश्यक पर्छ, जुन क्षमता रोनाल्डोसँग छ,’ मार्टिनेजको भनाइ छ।

पाँचपटकको बालोन डी अर विजेता रोनाल्डोको कप्तानीमै पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो। उनले अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त सफतला नै युरोकप हो । सन् २०१८–१९ को सिजनमा पोर्चुगल नेसल्स कपको उपविजेता बनेको थियो।

युरोकप खेल्ने पोर्चुगिज टिम

गोलकिपर : डिएगो कोस्टा, जोसे सा, रुइ प्याट्रिसियो ।

डिफेन्डर : एन्टोनियो सिल्भा, डानिलो परेरा, डिएगो डालोट, गोन्कालो इनासियो, जोआ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे र रुबेन डियास ।

मिडफिल्डर : ब्रुनो फर्नान्डेस, जोआ नेभेस, रुबेन नेभेस, जोआ पालिन्हा, ओटाभियो, भिटिन्हा।

स्ट्राइकर : बर्नार्डो सिल्भा, डिएगो जोटा, फ्रान्सिस्को कोन्साइयो, गोन्सालो रामोस, जोआ फेलिक्स, पेड्रो नेटो, राफायल लिआओ र क्रिस्टियानो रोनाल्डो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]