पिएसजी हावी भएको खेलमा लिभरपुल विजयी

6 Mar, 2025
Share:
117 Shares

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले अप्रत्यासित जित निकालेको छ।

बुधबार राति पिएसजीको घरेलु मैदानमा भएको खेलमा पुरै ९० मिनेट घरेलु टोलीको दबाबमा परेको लिभरपुलले खेलको अन्त्यतिर गोल गर्दै १–०को जित निकाल्यो।

खेलमा लिभरपुललाई जित दिलालाउन हार्वी इलियटले गोल गरे। मोहम्मद सलाहलाई रिप्लेस गर्दै मैदान छिरेका उसले मैदान छिरेको ४० सेकेन्डमै पहिलो टचमै गोल गरेका थिए। उनले ८७औं मिनेटमा डार्विन नुनेजको पासमा वान टचमै गोल गरेका थिए।

खेलमा पिएसजी पूर्ण रुपमा हावी थियो। उसले घरेलु मैदानमा ७१ प्रतिशत बल पोजेसन बनाउँदै लिभरपुलको पोस्टमा २७ सट प्रहार गरेको थियो। जसमध्ये १० सट फ्रेममा थियो। त्यसमा केही गोलका निश्चित अवसरम लिभरपुलका गोलकिपर एलिसनले उत्कृष्ट बचाउ गरेका थिए। यता, लिभरपुलले २ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो।

यस्तै, अर्को खेलमा इटालियन क्लब इन्टर मिलान विजयी भयो। उसले डच क्लब फियनूर्डलाई उसकै मैदानमा २–०ले हरायो। उसका लाथि मार्कस थुराम र लाउटारो मार्टिनेजले गोल गरेका थिए। यता, मिलानकै पियोट्र जिलेस्कीले पेनाल्टी मिस गरेका थिए।