नेपालको १००औं खेलमा कप्तानी गर्दै सावित्रा, बेन्जमा एन्जिला*

29 Jun, 2025
Share:
117 Shares

नेपाली महिला फुटबल मिले केही बेरपछि एसिसी एसियन कप छनोटको पहिलो खेलमा लाओसको सामाना गर्दै छ। उज्वेकिस्तानमा हुने खेल नेपाली समयअनुसार ६ः१५ बजे सुरु हुनेछ।

नेपालले पहिलो पटक लाओससँग खेल्न लागेको हो। खेलका लागि मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले प्लेइङ ११ सार्वजनिक गरेका छन्।

प्रशिक्षक वाइल्ड नेपाली टिमको नियमित कप्तान एन्जिला तुम्बापो सुब्बालाई बेञ्चमा राखेका छन्। उनको स्थानमा अञ्जना रानामगरले टिममा स्थान बनाएकी छिन्।

यो नेपालको १००औं अन्तर्राष्ट्रिय खेल हो। यो ऐतिहासिक खेलमा सावित्राले कप्तानी गर्ने अवसर पाएकी छिन्। उनी पूर्णकालिन कप्तान हुन् या होइनन् त्यो भने घोषणा गरिएको छैन।

यसअघि टिम घोषणा हुँदै कप्तान घोषणा गरिने भएपनि प्रशिक्षक वाइल्डले यो पटक खेलअघि मात्र कप्तान चयन हुने बताएका थिए। सोही अनसार उनले एन्जिलालाई बेञ्चमा राख्दै सावित्रालाई कप्तानको जिम्मेवारी दिएका हुन्।

(खेलले प्लेइङ ११ सार्वजनिक गर्दा एन्फाले रेनुका नगरकोटेलाई कप्तान लेखेको थियो। पछि एन्फाले नै सावित्रा कप्तान भएको उल्लेख गरेको छ। एन्फाको त्रुटीका कारण समाचार गलत भएकोमा क्षमाप्रार्थी छौं। –सं.)