
कोरोना मुक्त भए रोनाल्डो
Read Time:1 Minute
पोर्चुगिच स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएका छन् । इन्टरनेशनल ब्रेकका क्रममा रोनाल्डोलाई कोरोना संक्रमण देखिएको थियो । त्यसपछि रोनाल्डो टुरिनेमै आइसोलेसनमा बस्दै आएका थिए ।
कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन् । नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो ।
३५ वर्षीय फरवार्डले स्विडेनसँगको खेल गुमाएका थिए । यस्तै सिरी ‘ए’ को दुई र च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दुई खेल गुमाएका थिए । उनले बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिगको खेल पनि गुमाएका थिए ।