युरोकपसँगै सन्न्यास लिने टोनी क्रुसको घोषणा

21 May, 2024

जर्मनी तथा रियल मड्रिडका भेट्रान मिडफिल्डर टोनी क्रुसले सबैलाई आश्चर्यमा पार्दै सन्न्यासको घोषणा गरेका छन्।

३४ वर्षीय क्रुसले मंगलबार घरेलु मैदानमा आयोजना हुने युरोकपपछि व्यवसायिक सन्न्यास लिने घोषणा गरेका छन्। अघिल्लो महिनामात्रै क्रुस सन्न्यास फिर्ता लिँदै अन्तर्राष्ट्रिय फुटबलम फर्किएका थिए।

उत्कृष्ट फर्ममा रहेकैबेला क्रुसले लिएपछि फुटबलप्रेमीहरु आश्चर्यमा परेका थिए। यो सिजनको अन्त्यसँगै रियलमा उनको सम्झौता सकिँदैछ।

उनले सम्झौता नवीकरण गर्ने बताइएको थियो। तर, रियलनसँगको सम्झौता नवीकरण नगरे उनलाई भित्र्यानउ इंग्लिस क्लब म्यान्चेस्टर सिटीले पनि चासो देखाएको थियो।

सन् २०१४मा ब्राजिल विश्वकप जितेलगत्तै उनी बायर्नबाट रियल आएका थिए। रियलबाट ४६३ खेल खेल्दै २८ गोल गरेका छन्।

रियलको लिजेन्ड खेलाडीमा आफूलाई स्थापित गरेका उनले चार च्याम्पियन्स लिग र ला लिगासहित कुल २१ उपाधि जितेका छन्।

क्रुसले जर्मनबाट १०८ खेल खेल्दै १७ गोल गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]