महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

14 Oct, 2024

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरिएका छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार २३ सदस्यीय अन्तिम टोली छनोट गरेका हुन्।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा घोषणा गरिएको टिममा विदेशमा खेलिरहेका सावित्रा भण्डारी र रेखा पौडेल पनि छन्।

सातौ संस्करणको साफ च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुँदैछ।

च्याम्पियन्सिपमा दक्षिण एशियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साबिक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच हुनेछ। नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग कात्तिक २ गते खेल्नेछ।

नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप गर्न लागेको हो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]