सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

मुम्बईमाथि लखनउको जित, लखनउ प्लेअफ तर्फ, मुम्बईको सम्भावना क्षीण

इन्डिज प्रिमियर लिग (आईपिएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ। मंगलबार राति भएको लो स्कोरिक म्याचमा लखनउमा मुम्बईमाथि ४ विकेटको जित निकाल्यो।

मुम्बईले दिएको १४५ रनको सामान्य लक्ष्य लखनउले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो। उसका लािग मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै कप्तान केएल राहुलले २२ बलमा ३ चौका र १ छक्काको मदले २८ रन बनाउँदा दिपक हुडाले १८ र निकोलस पुरनले १४ रन बनाए।

बलिङमा मुम्बईका हार्दिक पाण्ड्याले २ तथा नुवान तुसारा, जेराल्ड कोत्जी र मोहम्मद नाबीले समान १ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। पावरप्लेमै ४ विकेट गएपछि मुम्बई दबाबमा आएको थियो।

मुम्बईका लागि नेहाल वडेराले सर्वाधिक ४६ रन बनाए। उनले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। टिम डेविड १८ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३५ रन बनाउँदा ओपनर इशान किशनले ३२ रन जोडे।

बलिङमा लखनउका मोहसिन खानले २ तथा मार्कस स्टोइनिस, नवीन उलहक, मयंक यादव र रवि बिस्नोईले समान१ विकेट लिए।

जितसँगै लखनउ १२ अंकसहित तेस्रो स्थानमा उक्लेको छ। उसको प्लेअफ सम्भावना बलियो बनेको छ। यता, ६ अंकसहिन नवौं स्थानमा रहेको मुम्बईका प्लेअफ सम्भावना क्षीण बनेका ेछ। अब उसले बाँकी ४ फाराकिलो अन्तरले जित्नुपर्ने छ भने अरु खेलको नतिजा पनि कुर्नुपर्नेछ।

1.3Kशेयर