सूर्याको शतकमा मुम्बईले हैदरावादलाई हरायो

7 May, 2024

सूयकुमार यादवले सानदार शतक प्रहार गरेपछि आईपिएलमा मुम्बई इन्डियन्स विजयी भएको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा सूर्याको शतक मद्दतमा मुम्बईले सनराइजर्स हैदरावादमाथि ७ विकेटको जित निकाल्यो।

१७४ रनको लक्ष्य मुम्बइले १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर भेट्टायो। उसका लागिसूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे। यो उनको आईपिएलमा दोस्रो शतक हो।

यस्तै, तिलक बर्माले ३७ रन बनाए। ३३–३को अवस्थामा यी दुईले चौथो विकेटका लागि १४३ रनको ठूलो साझोदारी गरेका थिए। शीर्ष तीन ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा हैदराबादका भुवनेश्वर कुमार, मार्को यान्सन र प्याट कमिन्सले समान १ एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो। उसका लागि ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन्।

मुम्बइका हार्दिक पन्ड्या र पियुस चावलाले समान ३ विकेट लिए। यस्तै, आईपिएलमा डेब्यू गरेकाम अंशुल कम्बोज र जसप्रित बुम्राहले समान १ विकेट लिए।

यो जितसँगै मुम्बइ ८ अंकका साथ अंकतालिकाको नवौं स्थानमा छ भने पराजित भएको हैदराबाद १२ अंकका साथ चौथो स्थानमा छ।