सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

आईपिएलमा मुम्बईका लागतार तेस्रो हार, राजस्थानको तेस्रो जित

इन्डियन प्रिमियर लिग (आईपिएल)मा मुम्बई इन्डियन्सले लागातार तेस्रो हार व्यहोरेको छ। सोमबार राति घरेलु मैदान वानखडेमा भको खेलमा मुम्बई राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो।

मुम्बईले लागतार तेस्रो हार व्यहोर्दा राजस्थानको भने यो लागतार तेस्रो जित हो।

मुम्बईले दिएको १२६ रनको झिनो लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि रियान परागले ३९ बलमा ५ चौका र ३ छक्का मद्दतमा ५४ रन बनाए। यस्तै, रविचन्द्र आविश्वनले १६, जोश बट्लरले १३ रसन्जु सामसनले १२ रनको योगदान दिए।

बलिङमा मुम्बईमा आकाश मधवालले ३ तथा क्वेना मापाकाले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १२५ रन मात्र बनाउन सक्यो। वानखडेमा मुम्बईको यो अहिलेसम्मकै कम योगफल हो। उसका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक ३४ रन बनाए। उनले २१ बलमा ६ चौका प्रहार गरे।

यस्तै, तिलक बर्माले २९ बलमा २ छक्का प्रहार गर्दै ३२ रन बनाउँदा टिम डेविडले १७ र इशान किशानले १६ रन बनाए। उसका रोहित शर्मा, नमन धिर र डेविस ब्रेविस गोल्डेन डक भएका थिए।

मुम्बईलाई सस्तैमा समेट्ने क्रममा ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने युजभन्द्र चहलले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। यस्तै, नान्द्रे बर्गरले २ विकेट लिए।

1.3Kशेयर