पेरिस पाराओलम्पिकको तेक्वान्दोमा भरत पराजित

29 Aug, 2024
Share:
117 Shares

पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत तेक्वान्दोमा नेपालका भरतसिंह महत पराजित भएका छन्। बिहीबार भएको खेलमा भरत तेक्वान्दोको के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनिमा पराजित भएका हुन्।

फ्रान्सको पेरिसस्थित ग्रान्ड पेलेसमा भएको राउन्ड अफ १६ को खेलमा पाँचौं विश्व वरीयता जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गरे। भरत विश्व वरीयताको ५७औं स्थानमा छन्। यस हारसँगै भरत प्रतियोगिताबाट बाहिरिएका छन्।

तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा भोलि नेपालको चुनौती प्रस्तुत गर्ने छिन्।

भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन्।

पौडीका भीमबहादुर कुमालले आगामी सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन्।

भरत र भीम वाइल्ड कार्डमार्फत पारालिम्पिकका लागि छनोट भएका हुन्। पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गरेकी हुन्।