कराते वान प्रिमियर लिगमा एरिकाले जितिन् कांस्य पदक

2 Jun, 2025
Share:
117 Shares

नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छन्।

उनले महिला ६८ केजीमाथी तौल समूहमा आइतबार कांस्य पदकका लागि भएको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले हराएर एरिकाले कांस्य जितेकी हुन्।

विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने करातेको विश्वकै प्रतिष्ठित लिग माने कराते वान प्रिमियर लिगमा पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी बनेकी छन् ।

सेमिफाइनलमा स्पेनी खेलाडीसँग बराबरी अंक जोडेपनि सेन्सुका आधारमा पराजित भएपछि एरिकाले कांस्य पदकका लागि खेलेकी हुन्।

एरिकाले कराते वान प्रिमियर लिगमा पहिलो पटक छनोट हुँदै ऐतिहासिक सफलता हात पारेकी हुन्।

एरिकाले १९औं एसियन गेम्स र एसियन कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत जितिसकेकी छन्।