एसियाली कराते च्याम्पियनसिपका नेपाली टोलीको बिदाई

16 Sep, 2024

चीनको हाङझावमा हुने २०औं एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाई गरिएको छ।

सोमबार राष्ट्रिय खेलकुद परिषद्को सभा हलमा खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कार्यक्रमको आयोजन गरी २०औं एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाई गरेका हुन्।

च्याम्पियनसिपमा सहभागी हुने खेलाडी टोलीमा कुशल श्रेष्ठ(हेड कोच)मान्दे काजी श्रेष्ठ (कोच) मिनबहादुर तामाङ, सन्तोष श्रेष्ठ, मोहम्मद शेखु आलम, आशिष श्रेष्ठ ,सोनिम मानन्धर, जिया कार्की, निरुपा डोङ तामाङ, एरिका गुरुङ, एलिसा रसकोटी मगर मेघा लिम्बु टप्पी थापा रहेका छन्।

खेलाडी टोली भोलि मंगलबार चीन प्रस्थान गर्नेछन्। असोज ३ गतेबाट सुरु हुने २० औं एसियाली कराते च्याम्पियनसिप तीन दिन (असोज ६) गतेसम्म हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]