पारा ओलम्पिकमा पलेशाले नेपाललाई दिलाइन् ऐतिहासिक पदक

31 Aug, 2024

फ्रान्समा जारी पारा ओलम्पिकपमा नेपालले ऐतिहासिक पदक जितेको छ। नेपाललाई तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले ऐतिहासिक कास्य पदक दिलाएकी हुन्।

पारा ओलम्पिका नेपालले जितेको यो पहिलो पदक हो। नेपालले सन् २००४ देखि पारा ओलम्पिकमा सहभागीता जनाउन थालेको हो।

पलेशाले तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सर्बियाकी मारिया मिसेभलाई १५(८ले हराउँदै मा कांस्य जितेकी हुन्। उनी ओलम्पिक इतिहासमै नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बनिन्।

पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गरेकी थिइन् भने उनी क्वार्टफाइलनमा विश्व नम्बर १ ब्राजिलियन खेलाडीसँग सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित भएकी थिइन्।

त्यसपछि उनी पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै कांस्य पदक नजिक पुगेकी थिइन्।

पलेशाको यो दोस्रो पारा ओलम्पिक सहभागीता हो। २०२१ मा जापानमा भएको पारा ओलम्पिकमा उनी कास्य पदकका लागि भएको भीडन्तमा पराजित भएकी थिइन्।

यो पटक उनी छनोट चरण पार गर्दै पेरिस पुगेकी हुन्। पलेशाले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा ऐतिहासिक स्वर्ण जितेकी थिइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]