पलेशा ‘पारा एथलिट अफ दि इयर’ अवार्डबाट सम्मानित

13 Sep, 2024
Share:
117 Shares

पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन ‘पारा एथलिट अफ दि इयर’ अवार्डबाट सम्मानित भएकी छिन्।

शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित पल्सर स्पोर्ट्स अवार्डको विशेष समारोहमा पलेशलाई सो अवार्ड प्रदान गरिएको हो।

नेपाललाई हाङजाउ भएको पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएका हो। उनले २ साताअघि मात्र पारा ओलम्पिकमा पनि कास्य पदक जितेकी थिइन्।

उनले १ लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गरिन्।