जेबी कप अन्तरविद्यालय बास्केटबलमा एन्जल्स हार्ट र इबीए सेमिफाइनलमा

15 Dec, 2024
Share:
117 Shares

एन्जल्स हार्ट र इडेन ब्रिज एकेडेमी प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

बूढानीलकण्ठ नगरपालिका ६ को च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २६–१६ ले पराजित गर्‍यो। एन्जल्स हार्टको जितमा अन्शु शर्माले ८ अंक योगदान गरिन्। अनामिका पटेलको ६ अंक सहयोगमा इबीएले न्युटनलाई १७–१२ ले हरायो।

सोही स्पर्धामा ग्रिनल्यान्डले बसुन्धरा नेसनल एकेडेमीलाई ३८–१८ ले पाखा लगायो। ग्रिनल्यान्डकी प्रियंका चन्दले १३ अंक जोडिन्। फेरिल्यान्डले आयोजक जेबीमाथि २२–२ को सहज जित दर्ता गर्‍यो। फेरिल्यान्डकी खुश्बु मगरले ९ स्कोर गरिन्।

सेमिफाइनलमा फेरिल्यान्डको भेट इबीएसंग हुनेछ भने ग्रिनल्यान्डले एन्जल्स हार्टको सामना गर्ने छ।

जुनियर ब्वाइजमा किङडमले पारामाउन्टलाई २६–२०, गोल्डेनपिकले जेबीलाई २९–१६, लालीगुराँसले हिमरश्मिलाई २९–१९ र भ्याली पब्लिकले एन्जल्स हार्टलाई ४१–३० ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

किङडमका जिग्मे लामाले ८, गोल्डेनपिकका नेल्सन गुरुङले ८, लालीगुराँसका सर्गम गुरुङले ११ र भ्याली पब्लिकका आर्यन गुरुङले १४ अंक जोडे।
सेमिफाइनल किङडम र लालीगुराँस तथा गोल्डेनपिक र भ्याली पब्लिकबीच हुनेछ। सेमिफाइनल सोमबार हुनेछ।