एसिया रग्बीमा नेपालको पुरुष र महिला टिमको लगातार दोस्रो हार

4 Oct, 2024
Share:
117 Shares

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको पुरुष टिमले दोस्रो पराजय व्यहोरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल बहराईनसँग २७–७ को स्कोरमा पराजित भएको हो। यसअघि आजै भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो।

यस्तै, नेपालको महिला टिमले पनि लागतार दोस्रो हार व्यहोरोको छ। पहिलो खेलमा फिलिपिन्ससँग ३२–० ले पराजित भएको महिला टिम दोस्रो खेलमा ग्वामसँग १७–५ ले पराजित भयो। म्हिला टिममले अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको छ।

चाईनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो।

पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो। पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।