ला लिगामा बार्सिलोनाको सानदार जित

4 Dec, 2024

स्पेनिस ला लिगमा बार्सिलोनाले सानदार जित निकालेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई उसकै मैदानमा ५–१ ले हरायो।

बार्सिलोनालाई सानदार जित दिलाउन राफिन्हाले २ गोल गरे भने फरान टोरेस, फ्र्यांकी डि योङ र पाउ भिक्टरले समान १ गोल गरेका थिए। मालोर्काका विदत मुरिकीले गोल गरेका थिए।

१२औं मिनेटमा टोरेसको गोलमा बार्सिलोनाले अग्रता लियो। ४३औं मिनेटमा मार्लोकाका मुरिकीले गोल गरेपछि पहिलो हाफ १–१को बराबरीमा सकियो।

दोस्रो हाफमा भने बार्सिलोना पूर्ण रुपमा हावी भयो। ५६औं मिनेटमा कप्तान राफिन्हाले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए। राफिहान्ले ७४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले ३–१को अग्रता लियो।

त्यसपछि बार्सिालेनाका लागि डि योङले ७९औं र भिक्टरले ८४औं मिनेटमा गोल गरेका थिए।

खेलमा बार्सिलोनाले ६१प्रतिशत बल पोजेसन बनाउँदै २० सट प्रहार गर्दा ९ सट फ्रेममा थियो। यता, मालोर्काले ६ सट प्रहार गर्दा १ सट फ्रेममा थियो।

यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। २ खेल खेलेको रियलको ३३ अंकसहित दोस्रो स्थानमा छ। मालोर्का भने २४ अंकसहित छैठौं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]