टेन्डी लामाको स्मृति बास्केटबल हुने

Read Time:2 Minute

नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ १४ टिम तथा महिलामा ५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए । पुरुषमा १ विदेशी टिम बंगलादेशको नेभी टिम पनि सहभागी हुने प्रबल सम्भावना रहेको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए । नेभी टिम २०२१ को क्लब च्याम्पियन टिम भएको आयोजकले जनाएको छ ।

पुरुषतर्फ सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलातर्फ राउन्ड रोविन लिग पद्धतिमा खेल हुने छ । शीर्ष २ स्थानमा रहनेले उपाधिका लागि पुनः खेल्ने छन् ।

पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोश्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । दुवै समूहका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिताले निरन्तरता पाउने आयोजक संघका महासचिव नरेन्द्र थापाले बताए ।

स्व। लामा बास्केटबल संघका अध्यक्ष थिए । उनले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिवको जिम्मेवारी पनि सम्हालेका थिए ।

फागुन १२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लनटेनिस टोली शुक्रबार श्रीलंका जाने
Next post जेरार्ड भन्छन्– काउटिन्होको खेल मन पर्दैन भने फुटबल हेर्न छाडिदिनुस्
Close