बुद्ध एकेडेमीले जित्यो नगरस्तरीय छात्र बास्केटबल उपाधि

Read Time:1 Minute

बुद्ध एकेडेमीले गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको प्रतियोगीताको फाइनलमा बुद्ध एकेडेमीले इस्ट पोललाई ८१–१३ को फराकिलो अन्तरले पराजित गर्‍यो । न्यु बुद्ध प्रकाश सेकेन्डरी स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।

बुद्ध एकेडमीका विशाल लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित त्रिकोण पब्लिक स्कुलमा भएको प्रतियोगितामा बुद्ध एकेडमीकै जोन पाख्रिन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । अनुशासित टिमको उपाधि त्रिकोण पब्लिक स्कुलले हात पा¥यो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा, गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामा, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा अध्यक्षहरु नारायणबहादुर सुवेदी, रमेश अर्याललगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको गोरक्ष स्पोर्टिंङ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक रञ्जनकुमार सापकोटाले जानकारी गराए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उमा कुङ्फुमा बूढानीलकण्ठ टिम च्याम्पियन
Next post ए डिभिजनका चार क्लबले भने– क्लबसँगको सम्झौता बाँकी रहँदै अक्सन गर्नु गलत, तर खेलाडीलाई मर्कामा पार्दैनौं
Close