नेपाल बास्केटबल लिग जेठमा

Read Time:3 Minute

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा आउँदो जेठमा नेपाल बास्केटबल लिग (एनबीएल) हुने भएको छ । नेपाल बास्केटबल संघका अनुसार पुरुषतर्फको प्रतियोगिता जेठ ७ गतेदेखि र महिला नेपाल बास्केटबल लिग जेठ १८ गतेदखि हुने जानकारी दिएको हो ।

यसअघि पुरुषको दुई र महिलाको एक संस्करण आयोजना भइसकेको छ । तर कोभिड–१९ का कारण बिचमा प्रतियोगिता निरन्तर हुन सकेन । र झन्डै तीन वर्षपछि नेपाल बास्केटबल लिग कोर्टमा फर्कन लागेको हो ।

दुई महिनासम्म संचालन हुने एनबीएल नेपालकै ठुलो बास्केटबल लिग भएको आयोजकको दाबी छ । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोबिनको आधारमा प्रतियोगिता होम एण्ड अवे प्रणालीमा खेलिने छ । शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन् ।

त्यसपछि लिगमा प्लेअफका खेलहरु असर ३२ बाट सुरु हुने छ । प्रतियोगितामा पुरुषतर्फ ५६ र महिलातर्फ २० लिग खेल हुने छन् । लिगमा पुरुषतर्फ साविक विजेता टाइम्स इन्टरनेशनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेशनल क्लब, रोयल बास्केटबल क्लब, बूढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, बिशाल मिलन केन्द्र र क्याम्पियन सोलोले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागिता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको आयोजकले जानकारी गरेको छ ।

प्रतियोगितामा एक टिमले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा दुई जनाले एकैपटक खेल्न पाउने आयोजकले जनाएको छ । एक टिममा कूल १४ खेलाडी हुनेछन् । पुरुषको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने महिलाको विजेताले १ लाख पाउने छन् । पुरुषतर्फ दोस्रो हुने टिमले १ लाख र महिला तर्फ दोस्रो हुनेले ५० हजार पाउने छन् ।

प्रतियोगिताका लागि बी सोलुसन टाइटल स्पोनसरको रुपमा रहेको छ । बी सोलुसनले १० लाख रुपैयाँ उपलब्ध गराउने आयोजकले जनाएको छ । यस्तै लि निङ किट पार्टनरको रुपमा रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post २०२४ टि–२० विश्वकप : १२ टिम सीधै, ८ टिम छनोटबाट, नेपाललाई विश्वकप खेल्ने मौका
Next post कोलकातामाथि दिल्लीको ४४ रनको फराकिलो जित
Close