जुनियर गर्ल्स फुटसल भोलि

नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गर्ल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाएका छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन्।

आयोजकले विगतमा शिक्षकको फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटकदेखि गल्र्स फुटसललाई निरन्तता दिने उद्देश्यसाथ फुटसल आयोजना गरेको बताइएको छ । एकदिने प्रतियोगिताका खेलहरु खहरेस्थित पाणेनी फुटसलमा हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी हुने
Next post कतारमा कस्ले जित्ला उँटको विश्वकप ?
Close