बेन स्टोक्सले लिए ८ वर्षपछि ‘फाइपर’, भारत ३५८ रनमै समेटियो

24 Jul, 2025
Share:
117 Shares

इंग्लिस कप्तान बेन स्टोक्सले टेस्ट क्रिकेटमा ८ वर्षपछि ‘फाइपर’ लिएका छन्।

म्यान्चेस्टरमा जारी भारतविरुद्धको सिरिजको पाँचौं खेलको पहिला इनिङमा स्टोक्सले ५ विकेट लिएका हुन्। उनले २४ ओभरमा ३ मेडनसहित ७२ रन खर्चिए। यो उनको टेस्ट करिअरको पाँचौं फाइपर हो।

आफ्नो स्पेलमा उनले साई सुदर्शन, कप्तान सुभमन गिल, शार्दुल ठाकुर, वासिङटन सुन्दर र अंशुल कम्बोजलाई आउट गरेका थिए।

यसअघि उनले सन् २०१७को सेप्टेम्बरमा लर्ड्समा वेस्टइन्डिजविरद्ध फाइपर लिएका थिए।

स्टोक्स चम्किएपछि टस हारेर पहिला ब्याटिङ गरेको भारत ३५८ रनमै अलआउट भयो। उसका लागि सुदर्शनले सर्वाधिक ६१ रन बनाउँदा यशस्वी जैसवालले ५८ र खुट्टाको चोटले पहिलो दिन रिटायर्ड हर्ट भएर दोस्रो दिन मैदान फकिएका ऋषव पन्तले ५४ रन बनाए।

बलिङमा स्टोक्सका अलावा जोफ्रा आर्चरले ३ तथा क्रिस वक्स र लियम डाउसनले समान १ विकेट लिए।