भक्त राना मेमोरियल बुद्धिचाल सुरु

27 Aug, 2025
Share:
117 Shares

भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधवार सुरु भएको छ। अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा जारी दुई दिने प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा पूर्व गृहमन्त्री शक्ति बस्नेत, नेपाल उसु सङ्घका महासचिव तथा अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष नवराज ढुङ्गाना विश्वास र दिवंगत भक्त रानाको धर्मपत्नी वर्षा राना मगरले मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यलाल डोङ, प्रदेश सभा सदस्य युवराज चौलागाई र राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाश कुसारीको उपस्थिति थियो।

दुई दिने प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता छ। प्रतियोगिताको मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु छन्।

प्रतियोगितामा खुलाका साथै महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहको समेत गरी २ लाख भन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ। बिहीबार सकिने प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुने छ।

रोयल एयरपोर्ट होटेल, काठमाडौँमा जारी प्रतियोगिताको ३ चरणको समाप्तिमा शीर्ष वरियताका खेलाडी सुमन लामा, नबिन तण्डुकार, उमेश राई र दीपक महर्जन लगायतले ३ अङ्क जोड्दै अग्रता कायम गरेका छन्।