४५औं चेस ओलम्पियाडमा नेपाली खेलाडीले भिसा नभएको विषयमा बुद्धिचाल महासंघले के भन्यो?

17 Sep, 2024
Share:
117 Shares

नेपाल बुद्धिचाल महासंघले यूरोपको हंगेरिमा सञ्चालन भइरहेको ४५औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलिले भिसा उपलब्ध नभएका कारण सहभागीता हुन नसकेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्। नेपालमा हंगेरि एम्बेस्सी नभएका कारण जर्मनी एम्बेस्सी मार्फत भिसा प्रक्रिया थालनी गरेका थिए।

विश्व बुद्धिचाल महासंघ फिडेको सदस्य राष्ट्र नेपालले पुरुष र महिला ९ जना खेलाडीको टिम सहित २ क्याप्टेन, १ हेड अफ डेलिगेट, १ फिडे डेलिगेट, १ पत्रकार र ४ चेस खेलकर्मी गरि १८ जनाको टोलिले भिसाका लागि सेप्टेम्बर ४ तारिखमा अन्तर्वार्ता दिएका थिए।

महासचिव धर्मबहादुर लामाले प्रारम्भमा ओलम्पियाड आयोजक राष्ट्र, विश्व बुद्धिचाल महासंघ फिडे र दिल्ली स्थित हंगेरि एम्बेसीसँग समन्वय गरि नेपालमा रहेको जर्मनी एम्बेस्सीमा भिसा एप्लाइ गरेका थियौं। जर्मनी एम्बेस्सीले भिसा दिन अस्वीकार गर्यो र पुनः अपील गरे पनि चासो नदेखाएको बता।

सेप्टेम्बर ११ देखि २४ सम्म सञ्चालन हुने चेस स्पर्धामा विश्वका १९७ राष्ट्रलाई सहभागी गराइ रेकर्ड राख्ने लक्ष्यमा रहेको हंगेरि विदेश मन्त्रालयले नेपाललाई दिल्लीको आफ्नो एम्बेस्सीमा भिसा लिन प्रस्ताव गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

खेलाडीसहित टोलि रातारात दिल्ली पुगे पनि लामो प्रयासका बाबजुद त्याहाँको दूतावासले भिसा दिन नमिल्ने जानकारी गराएको बताइएको छ। त्योसँगै नेपाली चेस टोलीको ओलम्पियाडमा सहभागी हुने र पदक जित्ने सपना समाप्त भएको थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष हेराकाजी महर्जनले नेपाल सरकारले वार्षिक बजेट ३ लाख छुट्याएको बताउँदै त्यति बजेटले कसरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीलाई सहभागी गराइयो भन्ने विषयमा कसैले चासो नदिएको बताए।

उनले ओलम्पियाडको दुई पाटा भएको बताउँदै एक खेलाडीको अन्तर्राष्ट्रिय सहभागी र दुई देशमा चेस खेल विकासका लागि पूर्वाधार तयारी रहेको बताए। विश्व बुद्धिचाल महासंघले डेभलपमेन्ट कमिशन मार्फत योजनाको माग गर्छ र त्यो हेड अफ डेलिगेटले प्रस्ताव गरिने उनको भनाई थियो।

नेपालले यस पटक हजार विद्यालय सहभागी गरेर थाउजन चेस इन स्कूल प्रोजेक्ट, सुपर जिएम लर्ड बुद्ध कप अन्तर्राष्ट्रिय प्रतियोगिता, रसिया विश्वविद्यालयमा दुई जना खेलाडीलाई बाचेलर इन चेस स्कलरको माग गर्ने योजना तयार गरेको उनले जनाए।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा महिला टिम क्याप्टेन राजु ताम्राकार, कोषाध्यक्ष ताराबहादुर रानाभाटसहित अन्तर्राष्ट्रिय निर्णायकहरू, ४५औं ओलम्पियाड खेलकालागि छनौट भएका खेलाडीहरु राजन सुवेदी, शश्रुत दहाल, क्षितिज भण्डारी, रुपेश जैसवाल, सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल, रिया श्रेष्ठ सहित पूर्व नेपाल च्याम्पियनहरु, राष्ट्रिय शीर्ष खेलाडी सहित धेरै संख्यामा खेलकर्मीहरुको सहभागीता रहेको थियो।