राष्ट्रिय भेट्रान चेस च्याम्पियन सुरु

21 Sep, 2024

नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबारदेखि छैटौं राष्ट्रिय भेट्रान चेस च्याम्पियनसिप धादिङको महादेवबेसीमा सुरु भएको छ।

आज सम्पन्न दुई चरणको खेलमा तीन पटकका नेशनल च्याम्पियन बद्रीलाल नेपाली, पूर्व च्याम्पियन द्वय एफएम विलमलाल श्रेष्ठ , सिएम नवीन तण्डुकार त्यसैगरी हर्क चोङ्वाङ लिम्बू र भक्तपुरका गणेशमान दुवालले दुबै खेल आ आफ्नो पक्षमा पार्दै संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्।

बद्रीलालले पहिलो चरणको खेलमा स्याङ्जाका मोहनसिंह प्रधानलाई पराजित गरे भने दोस्रो चरणको खेलमा भक्तपुरका जगन्नाथ ताम्राकारलाई हराउन सफल भए। क्याण्डिडेट मास्टर नविनले सप्तरीका रामदेव मण्डललाई पहिलो खेलमा हराए भने दोस्रो खेलमा भक्तपुरका कृष्ण गोपाल नापित माथी सफलता हात पारे।

फिडे मास्टर विलमले पहिलो चरणको खेलमा भिमदत्त पाण्डेलाई पराजित गरेका छन् भने दोश्रो खेलमा सिएम भगवती प्रसादलाई पन्छाउन सफल भएका छन् ।

त्यसैगरी हर्कले दोस्रो चरणको खेलमा कास्कीका रामबहादुर क्षेत्रीलाई हराएका थिए भने पहिलो चरणमा धादिङका बिष्णु मिश्र लिम्बुलाई पन्छाए। राम्रो सुरुवात गरेका गणेशमानले पहिलो चरणको खेलमा तारामान श्रेष्ठलाई स्तब्ध बनाए भने दोस्रो चरणको खेलमा लक्षमण कुमार माथि जित निकाले।

समान एक खेल जित र एक खेलमा हार व्यहोरेका लक्षमण कुमार सेठ, राम बहादुर कार्की , तारामान श्रेष्ठ , सुर्य नारायण दास, कृष्णगोपाल नापित, जगन्नाथ ताम्रकार ,राज नारायण चौधरी ,विनोद कुमार गुप्ता , भिमदत्त पाण्डेले १र१ अंक जोडेका छन्।

धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीको संयोजनमा भइरहेको प्रतियोगिताको उद्घाटन थांक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्त रूपमा चेसको गोटी चालेर गरेका थिए।

धादिङ जिल्ला थांक्रे गाउँपालिकाको प्रायोजनमा भइरहेको प्रतियोगिता सोमबार सकिनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]