दीपेन्द्र र भीमको शतकमा एमसिसीमाथि नेपालको सानदार जित

20 May, 2025
Share:
117 Shares

दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले सानदार शतक प्रहार गरेपछि लिग–२को तयारीका लागि युकेमा रहेको नेपाली क्रिकेट टिमले लागतार दोस्रो जित निकालेको छ। सोमबार राति सकिएको खेलमा दीपेन्द्र र भीमको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले एमसिसी क्रिकेट क्लबलाई १२३ रनले हरायो।

नेपालले दिएको ३३६ रनको लक्ष्य पछ्याएको एमसिसी ३५.३ ओभरमा २१२ रनमै अलआउट भयो। उसका लागि नोरिसले सर्वाधिक ५६ रन बनाए भने नेलर ५४, फ्रेन्डस ३७ रन बनाए।

बलिङमा नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए भने नन्दन यादव र कुशल भुर्तेलले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा ३३५ रन बनाएको थियो। नेपालका दीपेन्द्रले सर्वाधिक ११० रन बनाए। उनले ६७ बल खेलेका उनले १२ चौका र चार छक्का प्रहार गरे भने भीम सार्कीले ९० बलमा १० चौका र दुई छक्कासहित १०४ रन बनाए। यी दुवै रिटायर्ड हट भए।

यस्तै, बसीर अहमद ३७, अनिलकुमार साह २७ र करण केसी १६ रन बनाए।