युरोपामा लिगमा युनाइटेड र सोसिडाड रोकिए, लाजियो विजयी

26 Sep, 2024

युरोपा लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड रोकिएको छ। बुधबार राति भएको खेलमा युनाइटेड डच क्लब एफसी ट्वान्टेसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा ३५औं मिनेटमा क्रिस्टियन इरिक्सनको गोलमा युनाइटेडले अग्रता लिएको थियो। तर, ६८औं मिनेटमा साम लामारेसले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए। खेलमा त्यसपछि गोल हुन सकेन।

यस्तै, अर्को खेलमा रियल सोडिसाड फ्रेन्च क्लब निससँग १–१को बराबरीमा रोकियो। खेलमा १८औं मिनेटमा एन्डर बारानाचेले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए। पहिलो हपाmको अन्तिम मिनेटमा निसका पाब्लो रोसारियोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

दोस्रो हाफमा निसले गोलको अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। ५४औं मिनेटमा प्राप्त पेनाल्टीमा निसका इभान गुइसान्डो गोल गर्न असफल भए। तयसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

यस्तै, अर्को खेलमा इटालियन क्लब लालियोले डाइनामो किभमाथि ३–०को जित निकाल्यो। उसका बोइलाए डिआले २ तथा फिसायो डेले बासिरु र टिजानी नोस्लिनले गोल गरेका थिए। ७२औं मिनेटमा किभ १० खेलाडीमा समेटिएको थियो। उसका माक्स्यम ब्राहरुले रातो कार्ड पाएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]