फेका कप छात्र फुटबलमा गेटवे क्वाटरफाइनलमा

16 Dec, 2024
Share:
117 Shares

डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमी १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा गेटवेले प्रारम्भलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो। गेटवेका कृजल श्रेष्ठ ‘म्यान अफ द म्याच’ भए।

हाइली क्रिएटिभ र एकलब्य पनि क्वाटरफाइनलमा पुग्न सफल भए। हाइली क्रिएटिभले विद्या विकासलाई ३–१ गोलले हरायो। हाइली क्रिएटिभका ‘म्यान अफ द म्याच’ गोकुल शर्मा, रिसुक स्थापित र जेनिथ फुयालले समान १–१ गोल गरे । विद्या विकासका केन्जोक लामाले १ गोल फर्काए।

मूलपानी मैदानमा एकलब्यले शिक्षालयलाई २–१ गोलले पाखा लगायो। एकलब्यका उज्ज्वल खड्काले १ गोल गरे भने अर्को गोल आत्माघाती रह्यो । शिक्षालयका विवस तामाङले १ गोल गरे। शिक्षालयका न्युज थापा ‘म्यान अफ द म्याच’ भए ।