हालान्ड ७ हप्ता मैदान बाहिर रहने, सिटीलाई लाग्न सक्छ च्याम्पियन्स लिग छनोटमा धक्का

1 Apr, 2025
Share:
117 Shares

म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्ड एक महिनाभन्दा बढी समय मैदान बाहिर रहने भएका छन्। गत शनिबार भएको खेलमा कुर्कुचामा चोट बोकेका हालान्डा ५–६ साता मैदान बाहिर रहने भएका हुन्।

शनिबार राति भएको बोर्नेमाउथविरुद्धको एफए कपको क्वार्टरफाइनलका क्रममा उनी दोस्रो हाफको सुरुआतमै घाइते भएका थिए। खेलको क्रममा उनको देब्रो खुट्टाको कुर्कुचामा चोट लागेको थियो।

खेलमा उनी ६१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। हालान्डकोल मद्दतमा सो खेल सिटीले २–१ले जितेको थियो।

सिजन सकिनै लागेकाले उनी अर्को सिजन मात्रै मैदान फर्कने बताइएको छ।

प्रियिम लिगमा सिटी उपाधि होडबाट यसअघि नै बाहिरिसकेको छ। तालिकामा पाँचौं स्थानमा रहेको सिटीको लक्ष्य अर्को सिजिन च्याम्पियन्स लिगमा छनोट रहेको छ।

तर, हालान्डको अनुपस्थितिले सिटीको त्यो लक्ष्यमा धक्का लाग्न सक्छ। च्याम्पियन्स लिगमा स्थान बनाउनमा शीर्ष चारमा रहनुपर्छ।

हालान्डले यो सिजन सिटीका लागि ४० खेलमा ३० गोल गरेका छन्।