नेपालकाे होरा इस्पोर्ट्स पब्जी विश्वकपको फाइलनमा, ७५ हजार ५ सय अमेरिकी डलर पाउने पक्का

31 Jul, 2025
Share:
117 Shares

नेपाली पब्जी टिम होरा इस्पोर्ट्स पब्जी मोबाइल विश्वकपको फाइनलमा पुगेको छ।

होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गतमा पब्जी विश्वकपको फाइनलमा पुगेको हो।

लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेजको शीर्ष स्थान रहँदै ग्रान्ड फाइनलमा पुगेको हो।

सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो।

सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकेन डिनरसहित कुल १०८ अंक जोडेको थियो। योसँगै होराले २५ हजार डलर पनि जितेको छ।

ग्रान्ड फाइनल जितेमा ५ लाख डलर पुरस्कार प्राप्त गर्नेछ। लिग स्टेजमा १३औंमा रहेको उसले थप २७ हजार ५०० डलर पुरस्कार प्राप्त गरेको छ।

फाइनल राउण्ड अगस्ट १ देखि ३ सम्म हुनेछ। जसमा कुल कुल १८ खेल हुनेछ।