नेपालमा पनि फ्रेन्चाइज कबड्डी लिग हुने

27 Jan, 2024

भारतमा प्रोकबड्डी लिग जस्तै नेपालमा पनि फ्रेन्चाइज कबड्डी लिग हुने भएको छ।

त्यसको लागि कबड्डी संघले पहिलो चरणमा एस्ट्रोनिक्स इभेन्ट म्यानेजमेन्टसँग लिग आयोजनाका लागि सम्झौता गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसा थापा तथा एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिका अध्यक्ष अमित बेगानीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

नेपाल कबड्डी लिग एनकेएल नामबाट हुने उक्त प्रतियोगिता आगामी जुलाईमा गर्ने योजना रहेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए।

झाका अनुसार भारतपछि नेपाल विश्वकै कबड्डीको फ्रेञ्चाइज लिग आयोजना गर्ने दोश्रो राष्ट्र हुने छ।

यो लिग पुरुषको हुने र महिलाको लिगका लागि पनि अर्को कम्पनीसँग छलफल भइरहेको झाले जानकारी दिए। लिगमा विदेशी खेलाडीहरु समेत समावेश हुनेछन र पहिलो संस्करणमा करिब ६ टिम समावेश गर्ने तयारी छ।

पछिल्लो केही वर्षदेखि नेपालका खेलाडीहरु पनि भारतको प्रो लिगमा अनुबन्ध हुन थालेका छन्। यसवर्ष कबड्डी संघले चार खेलाडी सिफारिस गरेकोमा घनश्याम मगर हरियाना स्टिलर्समा अनुबन्ध भएका थिए र उनले एक खेलसमेत खेलेको महासचिव झाले जानकारी दिए।

अखिल नेपाल कबड्डी संघले कबड्डी लिग आयोजनाका लागि एस्ट्रोनिक्ससँग १० वर्षको सम्झौता गरेको छ। सम्झौता अनुसार एस्ट्रोनिक्सले कबड्डी लिगको आयोजना वापत नेपाल कबड्डी संघलाई वार्षिक १५ लाख दिने झाले बताए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]