
एपिएफलाई हराउँदै आर्मीले जित्यो कबड्डी उपाधि
Read Time:1 Minute
धनढीमा सञ्चालित मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।
सर्वाधिक राशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपीएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ ।उपविजेता एपीएफले ८० हजार रुपैयाँ पाएको छ ।
सेमिफाइनलमा पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले ४०र४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई बुधबार नै पुरस्कार वितरण गरिएको छ ।