नेपालको पुरुष टिम पनि खो खो विश्वकप सेमिफाइनलमा, सेमीमा इरानसँग खेल्ने

18 Jan, 2025
Share:
117 Shares

नेपालको पुरुष टिम भारतमा जारी खो खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको क्वार्टरफाइनलमा बंगलादेशलाई हराउँदै नेपाली पुरुष टिम फाइनल नजिक पुगेको हो।

दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा खेलमा नेपालले बंगालादेशलाई ६७–१८ ले हरायो।

नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूहमा ४ मध्ये ३ खेल जितेको थियो। नेपालले ब्राजिल, पेरु र भुटानलाई हराएको थियो भने आयोजक भारतसँग पराजित भएको थियो।

अब नेपालले सेमिफाइनलमा इरानसँग खेल्ने । इरान केन्यालाई हराउँदै सेमिफाइनलमा पुगेको हो। अर्को सेमिफाइनलमा आयोजक भारत र दक्षिण अफ्रिका खेल्ने छन्। दुवै सेमिफानल भोलि हुनेछ।

यसअघि नेपालको महिला टिम पनि सेमिफाइनल पुगिसकेको छ। यसक्रममा उसले इरानलाई हराएको थियो।