खो-खो विश्वकपमा नेपाली महिला टिम उपविजेता बन्यो

19 Jan, 2025
Share:
117 Shares

भारजमा जारी पहिलो संस्करणको खो खो विश्वकपमा नेपालको महिला टिम उपविजेता बनेको छ। शनिबार साँझ नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको फाइनल भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो।

अपराजित रहँदै फाइनलमा पुगेको नेपाल फाइनलमा नेपाल भारतसँग ७८–४० ले पराजित भयो। यता, भारत भने अपराजित रहँदै च्याम्पियन बन्यो।

नेपालले समूहमा भुटान, जर्मनी, श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो भने क्वार्टरफाइनलमा इरान र सेमिफाइनलमा युगान्डालाई हराएको थियो।

अहिले नेपाली पुरुष टिमले उपाधिका लागि भारतसँगै खेलिरहेको छ।