युनाइटेडले लिभरपुलाई एन्डफिल्डमै रोक्यो

6 Jan, 2025

यो सिजन खराब लयबाट ग्रुजिरहेको म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा लिग लिडर लिभरपुललाई बरारबीमा रोकेको छ। आइतबार राति लिभरपुलकै मैदान एन्डफिल्डमा भएको खेलमा युनाइटेडले घरेलु टोलीलाई २–२को बराबरीमा रोकेको हो।

यसअघि लागतार चार खेलमा पराजित युनाइटेडले आइतबार एन्डफिल्डमा भने गज्ज्बको खेल पस्किएको थियो। उसका लागि लिसान्द्रो मार्टिनेज र अमाद डियालोले गोल गर्दा लिभरपुलका कोडी गाक्पो र मोहम्मद सालाहले गोल गरेका थिए।

खेलमा अग्रता भ्रमणकारी टिम युनाइटेडले लियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५२औं मार्टिनेजको गोलमा युनाइटेडले अग्रता लियो। त्यसको ७ मिनेटपछि नै लिभरपुलले खेललाई बराबरीमा ल्यायो। ५९औं मिनेटमा गाक्पोले गोल गरेका थिए।

७०औं मिनेटमा लिभरपुलले खेलमा अग्रता लियो। युनाइटेडका डिफेन्डर म्याथिस डि लिग्टले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा सलाहले गोल गरेका थिए। तर, ८०औं मिनेटमा डिआलोले गोल गर्दै खेलालाई २–२को बराबरीमा ल्याए।

इन्जुरीको खेल केही सेकेन्ड मात्र बाँकी छँदा युनाइटेडले गोलको सुन्दर अवसर गुमाउँदा अंक बाँड्न बाध्या भयो। उसका जेजुआ जक्र्जीको पासमा अनमार्क रहेका ह्यारी मग्वायरले किपर विट भइस्केको अवस्थामा गोल गर्न सकेनन्। उनको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो।

यो बराबरीपछि पनि लिभरपुलले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। लिभरपुललेका १९ खेलमा ४६ र आर्सनलको २० खेलमा ४० अंक छ। युनाइटेड भने २३ अंकसहित २३औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]