लागतार तेस्रो खेलमा लिभरपुलको क्लिनसिट, युनाइटेडलाई ३-० ले हरायो

2 Sep, 2024
Share:
117 Shares

अर्न स्लटको प्रशिक्षणमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ। स्लटको प्रशिक्षणमा लिभरपुलले सुरुआती ३ खेलमा क्लिनसिट राख्न सफल भएको छ।

लागतार तेस्रो खेलमा क्लिनसिट राख्ने क्रममा आइतबार राति लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई उसकै मैदानम ३–०ले हरायो। लिभरपुलको जितमा लुइस डियासले २ गोल गरे भने मोहम्मद सलाहले पनि गोल गरे।

सातौं मिनेटमै ट्रेन्ट अलेजान्डर आर्नोल्डले गोल गरेका थिए। तर, सो गोल भिएआरले मान्तया दिएन।

तर, लुइस डियाजले ३५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। ४२औं मिनेटमा डियाजले नै गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। दुवै गोलमा सालाहले असिस्ट गरेका थिए।

सालाहले ५६औं मिनेटमा आफैं गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए। त्यसपछि गोल नहुँदा लिभरपुल ३–०ले विजयी भयो।

३ खेलमा लिभरपुलले ९ अंक जोडेको छ भने युइटेडको ३ अंक मात्र छ।