सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

२० वर्षपछि रिङमा फर्किएमा माइक टाइसन पराजित

व्यावसायिक बक्सिङबाट संन्यास लिएको २० वर्षपछि रिङमा फर्किएका अमेरिकाका महान बक्सर माइक टायसन जेक पलसँग पराजित भएका छन् ।

आज एटी एन्ड टी स्टेडियम आर्लिङटन, टेक्ससमा भएको खेलमा टायसन अमेरिकाकै जेक पलसँग पराजित भएका हुन् । पलले टायसनलाई सहजै पराजित गरे।

खेलका ३ निर्णायक मध्ये दुईले पललाई ७९ र टायसनलाई ७३ अंक प्रदान गर्दा अर्को जजले ८०–७२ अंक दिए । पुरै ८ राउण्डसम्म चलेको खेलमा टायसनले सुरुवाती २ राउण्ड जिते पनि त्यसपछि २७ वर्षीय पलले पुनरागमन गर्दै कमब्याक गरे

युट्युबरबाट बक्सर बनेका पल र ५८ वर्षीय टायसनबीच ३१ वर्षको उमेर भिन्नता छ । यस खेलका विजेता पलले ४० मिलियन र टायसनले २० मिलियन अमेरिकी डलर प्राप्त गरेका छन्

टाइसनले आफ्नो अन्तिम व्यावसायिक खेल सन् २००५ मा केभिन म्याकब्राइडविरुद्ध खेलेका थिए। सो खेलमा उनी पराजित भएका थिए।

1.3Kशेयर